विराटनगर । प्रदेश १ का मुख्मयन्त्री भीमप्रसाद आचार्यले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

‘मातृवात्सल्य एवंम् स्नेहको अनुपम प्रतिक सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ आचार्यले आज जारी गरेको शुभकामना वक्तव्यमा उल्लेख छ ।

मुख्यमन्त्री आचार्यले बहुधार्मिक, बहुभाषीक, बहुजातिय, बहुसाँस्कृतिक विशेषता तथा भौगोलिक विविधतायुक्त नेपालमा विभिन्न जात जातिले मनाउदै आएका चाड पर्वहरुले हामी नेपालीहरु बिच परस्पर सद्भाव, बन्धुत्वको भावनालाई अभिवृद्धि गर्दैै लाने बताएका छन् । ‘भौगोलिक, साँस्कृतिक, जातिय, धार्मिक तथा भाषिक विविधतालाई एक आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता एवंम् साझा नेपालीको पहिचानलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु,’ आचार्यले भनेका छन् ।

‘जीवित्पुत्री, जिउतिया वा जिमुतवाहनको नामले समेत चिनिने नेपालीहरुको साझा साँस्कृतिक पर्वको रुपमा विकसित हुँदै गरेको विशेषतः आदिवासी थारु तथा तराईवासीहरुले हार्षोल्लासका साथ मनाउने यो पर्वले नेपालीहरु बिचको सामाजिक सदभाव, सहिष्णुता तथा सहकार्यलाई अझ दिगो बनाउँदै आर्थिक, सामाजिक विकासलाई गति दिदै समृद्ध राष्ट्र निार्मणको साझा राष्ट्रिय संकल्प पुरा गर्न प्रेरणा प्राप्त होस कामना गर्दछु’, वक्तव्यमा उल्लेख छ ।