‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रममा सहभागी हुनका लागि आवेदन खुल्ला

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरुसँग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरुका लागि लक्षित गरी ल्याएको “५० स्टार्टअप–५० लगानीकर्ता” कार्यक्रममा सहभागी हुनका लागि आवेदन खुल्ला गरेको छ ।

कार्यक्रममा अनलाइन आवेदन गत वैशाख ४ गते देखि खुल्ला गरिएको थियो । कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो । कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीहरुलाई समेट्न नसकिएकाले मुलुकभरबाट धेरै नवप्रवर्तनीय उद्यमीहरुको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः थप गरेको हो । यसअघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनुपर्ने छैन । आवेदकले फर्म भरिसकेपछि महासंघबाट इमेलमार्फत सम्पर्क गरिनेछ ।

आवेदन सबै क्षेत्र (जस्तै कृषि उत्पादन मुलक, सुचना प्रविधि, सेवा)का लागि दिन सकिनेछ । उक्त आवेदन प्रक्रियालाई पुनः सुचारु गरी कार्यक्रममा मुलुकभरबाट धेरै स्टार्टअप उद्यमीहरुको सहभागिता बढाउन महासंघले आफ्ना सातै वटा प्रदेश च्याप्टरहरुलाई आग्रहसमेत गरेको छ ।
लगानीकर्ताहरुको व्यवसायीक अभिरुचीसँग छनौट भएर आउने स्टार्टअपहरुलाई मिलान गराई फलदायीक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्नेछ । नवप्रवर्तनीय वस्तु, सेवा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायीक मोडेलको स्थापना÷स्तरोन्नती गर्ने प्रक्रियमा रहेका उद्यम वा व्यवसायहरुको लागि समेत यो आवेदन गरिएको हो ।

एक वर्षभन्दा बढी समयदेखि सञ्चालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिनेछन् । आफनो व्यवसायमा शीप, ज्ञानको आधार र दह्रो प्रतिवद्धता प्रदर्शन गर्नसक्ने सशक्त समूहले यसमा आवेदन दिनसक्ने महासंघले जनाएको छ ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोसिएशन, आर्टिकल अफ एशोसिएशन र सम्बन्धित अन्य रजिष्ट्रेशनहरु, प्यान÷भ्याट दर्ता, कर चुक्त प्रमाण पत्रहरु, कम्पनीको सञ्चालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक÷संस्थापकहरुको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरु संलग्न हुनुपर्नेछ । अन्य थप जानकारीका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सचिवालयमा सम्पर्क गर्नुपर्ने महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिए ।

बिहिबार, १७ भदौ, २०७८, साँझको ०६:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर