विराटनगर । नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर क्षेत्रका सदस्यहरुको सहकार्यमा फलफूलको विरुवा लगायत विभिन्न जातिका एक सयभन्दा बढी विरुवा रोपेको छ ।

विराटनगर–११ स्थित जनपथ माध्यामिक विद्यालयको प्राङ्गणमा फलफूललगायत विभिन्न जातका एक सय भन्दा बढी विरुवा रोपिएको हो । कार्यक्रममा नेपाल रेयूकाईका केन्द्रीय सदस्य पवन उपाध्यायले रेयूकाईका द्वय संस्थापक ओन्सी काकुतारो कुबो र ओन्सी किमी कोतानीले विश्व शान्ति निर्माणमा योगदान पु¥याउन आग्रह गरे । समाज र राष्ट्रप्रति कृतज्ञता फर्काउने उद्देश्यले शिक्षाको अभियान र आवश्यक क्षेत्रमा सामाजिक सेवामार्फत योगदान पु¥याउने काम गर्दै आईरहेको नेपाल रेयूकाई विराटनगर क्षेत्रका प्रमुख सदस्य नागेश यादवले बताए ।

जनपथ विद्यालयका अध्यक्ष रोहित कोइरालले रेयूकाईलाई धन्यवाद दिए । कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्ब ११ का वडाअध्यक्ष तिथ्रेन्द्र न्यौपाने, रेयूकाई विराटनगरका सदस्य, पदमकुमार सरदार, रिंकु परियार, आसा सरदार, कौशल निरौला, टिका विसुनके, श्यामसुन्दर सुतिहार, साहित्यकार मीनकुमार नवोदित श्रेष्ठलगायत शान्ति युवा क्लवका सदस्यहरुको उपस्थिति थियो ।