‘मोटरसाइकल/स्कुटरको व्यापार दशैं तिहारसम्ममा पुरानै लयमा फर्किन्छ’

 दिपककुमार विश्वकर्मा

कोभिड १९ को संक्रमणका कारण विश्व प्रभावित छ । यसको प्रभाव अटोमोबाइल्सको क्षेत्रमा पनि परेको छ । संक्रमण नियन्त्रणको लागि लकडाउन र निषेधाज्ञा गर्दा मोटरसाइकल, स्कुटर सडकमा कुदाउनै समस्या भइरहेको बेला किनबेचको अवस्था पनि समस्याग्रस्तै रहयो । तर, मोरङ अटो वक्र्स इन्टरप्राइजेजले भने लकडाउनकै बीचमा व्यापार सन्तोषजनक भएको जनाइको छ । प्रस्तुत छ, इन्टरप्राइजेजका सेल्स मेनेजर दिपककुमार विश्वकर्मासँग यसैसन्दर्भमा गरिएको कुराकानी ।

यामाहाको नयाँ ग्राहक योजना के छ ?

– हामीले भर्खरै Fascino 125 CC, को स्कूटरमा अहिलेसम्मको उत्कृष्ट Finance Scheme लिएर आएका छौं । जसअन्तर्गत हाम्रा ग्राहकहरुले ३० प्रतिशतले डाउनपेमेन्ट गरेर ३० महिनाको लागि Fascino 125 CC स्कूटर लिन सक्नु हुनेछ, जसमा हामीले ३ ओटा EMI Freeगरेका छौ । महिना मा EMI रु. ६९१९ रहनेछ, ग्राहकले २७ किस्ता मात्र तिर्नु पर्नेछ । भदौ ८ गतेदेखि १३ गतेसम्म जुनसुकै यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा, नगदमा ७ हजार छुट र जुनसुकै ब्राण्डको एक्स्चेन्ज गरेर यामाहा लिँदा १५ हजार मूल्य एडिसनल पाउनु हुनेछ । दशैं, तिहार फेस्टिभल स्किम पनि हामी छिट्टै ल्याउने तयारीमा छौं ।

अहिले सबै ब्रान्डले एफआइ टेक्नोलोजीको मोटरसाइकल र स्कूटरहरू भित्र्याउँदै गर्दा, यामाहाको एफआइ टेक्नोलोजीमा के विशेषता छ र यामाहा नै किन रोज्ने ?

दिपककुमार विश्वकर्मा सेल्स मेनेजर, प्रदेश १, मोरङ अटो वक्र्स इन्टरप्राइजेज प्रा.लि. यामाहा मोटरसाइकल डिभिजन

– नेपालको टु ह्वीलर ब्राण्डमा एफआइ टेक्नोलोजीमा यामाहा लिडर ब्राण्ड हो । हामीले २००८ बाट एफआइ टेक्नोलोजीको मोटरसाइकलहरू बिक्रि वितरण सफलता साथ गर्दै आएका छौं । एफआई को हामीसँग Onestop Solution छ । नेपालको जुनसुकै ठाउँको यामाहाको authorized Showroom मा हाम्रो Fi-Station बाट मर्मत गर्न सक्नु हुनेछ । हामीसँग Fi को लागि Trained Mechanics हरू हुनुहुन्छ ।

दशैंतिहार चाडबाडको सिजन सुरु हुँदा कोभिडले थला परेको व्यापार व्यवसाय पुरानै लयमा फर्किने संकेत कत्तिको देखिन्छ ?

– अहिले नोवेल कोरोना भाइरस सर्ने डरले, कोभिड पोजेटिभको कन्ट्याक्टबाट बच्न र सुरक्षित रहन धेरै जसो मानिसले Public transportation र Mass transportation कम भएकोले, दशैँ तिहार चाडबाडमा सबैलाई आफन्तकोमा जान, एक अर्कालाई भेटघाट, घुमघाम गर्नु पर्ने हुनाले, सबै भन्दा सुरक्षित भनेको मोटरसाइकल, स्कुटर नै हो । त्यसकारण पनि 2 wheeler को sales र व्यापार पुरानै लयमा फर्किन्छ जस्तो लाग्छ ।

कोभिडका कारण व्यापारमा कस्तो असर प¥यो ?

– नेपालमा Covid -19 को पहिलो wave सकिएपछि जसरी Automobile industry आक्रमक रुपले sales मा Growth ग¥यो । यो Second wave पछि चाहिँ धेरै मानिसमा निराशा, तेस्रो लहरको डर देखियो । तर पनि वर्षको अन्तिमसम्म हेर्ने हो भने Sales Volume राम्रो नै भयो । जसलाई हामीले सकारात्मक मानेका छौं ।

नेपालमा अटोमोबाइल्सको अवस्था कस्तो छ ? व्यापार व्यवासय प्रवद्र्धनका लागि सरकारले कस्तो योजना ल्याउनु पथ्र्याे ?

– Covid पछि व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्न सरकारले साना तथा ठूला व्यवसायी सबैलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्छ । मेला, जात्रा, राजनीतिक भेला गर्न छुट भई रहेको बेला, व्यापार र यातायात मात्र Covid Lockdown गर्नुको औचित्य सरकारले एकपटक पुनःर्विचार गर्नुपर्छ ।

आन्तिम मा के भन्न चाहनु हुन्छ ?

– नेपालको सबैभन्दा बढी रुचाएको र भरपर्दो Yamaha ब्रान्डको मोटरसाइकल तथा स्कूटर खरिद गरि स्किमको फाइदा उठाउन हुन आग्रह गर्दछु । सबैलाई Covid-19 बाट आफू र आफ्नो परिवार सुरक्षित रहन र आउँदै गरेको दशैं तिहारको आग्रिम शुभकामना दिन चाहन्छु ।

शुक्रबार, ११ भदौ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर