विराटनगर । झापाको बिर्तामोड नगरपालिका ९ स्थित देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० बर्षीय गोपाल विश्वकर्मा र ईलामको माई नगरपालिका ६ घर भई बिर्तामोड ८ स्थित डिडिआर फार्मेसी सञ्चालन गर्दै आएका २० बर्षीय भिष्म वुढाथोकी रहेका छन् । शुक्रबार बेलुका साढे ४ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ५ ग्राम ब्राउन सुगर सहित प्रकाउ गरेको हो ।

पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।