विराटनगर । मोरङको रंगेली नगरपालिका – १ मा रहेको सनरे बोर्डिङ स्कूल परिसर भित्र वृक्षारोपण गरिएको छ । अम्बे मुरारी सेवा केन्द्र विराटनगरले बुधबार स्कूलको खाली मैदानमा वृक्षारोपण गरेको हो ।
केन्द्रले विभिन्न प्रजातिका बोटविरूवाहरू वृक्षारोपण गरेको सेवा केन्द्रका संस्थापक अध्यक्ष भारती पोखरेलले जानकारी दिइन् । वृक्षारोपणमा केन्द्रका पदाधिकारी तथा स्कूलका प्रिन्सिपल केदार पौडेलको पनि सहभागिता रहेको थियो । सेवा केन्द्रले यसअघि पनि विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमलाई पनि नगद ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

