विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी र सुनसरीका विभिन्न स्थानिय तहका जनप्रतिनिधीहरू सम्मानित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको नव निर्मित कार्यालय भवनको समुदघाटन अवसरमा एसपी कमल थापा, सुनसरी प्रहरीका डिएसपी नरेन्द्रकुमार कार्की, इन्सिपेक्टर जयदेव माझी र असाई भक्तवहादुर विष्ट सम्मानित भएका हुन् ।
यस्तै कार्यक्रममा सुनसरी प्रहरीलाई भवन निर्माण लगायत भौतिक संरचना निर्माणमा सहयोग गर्ने पालिका अध्यक्ष तथा प्रमुखहरुलाई सम्मान गरिएको छ । प्रहरीले ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सार, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीलाई सम्मान पत्र सहित सम्मान गरेको छ । सम्मानित सबैलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले कदर पत्र प्रदान गरि सम्मान गरे ।
सम्मानित भएका मध्ये असाइ विष्टले सुनसरीमा फरार प्रतिवादी पक्राउ गर्न उल्लेखिनय भूमिका खेलका छन् । सुनसरी प्रहरी प्रमुख भएर एसपी संन्जयसिंह थापा आएपछि विभिन्न अपराध गरि लामो समयसम्म फरार भएका २ सय ३८ जना अभियुक्त महिना दिनमा पक्राउ गरेको थियो । पक्राउ परेका फरार अभियुक्त जघन्य अपराध गरेर लामोसमय सम्म फरार भएकाहरु थिए । फरार भएका २० वर्षसम्म कैद र जन्मकैदसम्म पाएका फरार प्रतिवादी पक्राउ गर्न असाइ विष्टले अहम भूमिका खेलेको सुनसरी प्रहरीले जनाएको छ ।
यसअघि असाइ विष्ट मोरङ प्रहरीमा सादा पोशकमा रहदा पनि मोरङमा घटिएका ठूला प्रकृतिका जघन्य अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भएका थिए । अपराध अनुसन्धानमा पोख्त मानिएका विष्टले मोरङमा रहदा काम गरेको मुल्यकानको उच्च प्रशंसा गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई पटक उत्कृष्ट प्रहरी समेत घोषित गरेको थियो । मोरङमा रहेकै बेला विष्टले उत्कृष्ट काम गरेको उच्च मुल्याकन गर्दै प्रहरी प्रधान कार्यालयले २०७५ असारमा असाइमा बढुवा पनि गरेको थियो ।

