विराटनगर । प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई संघीय सरकारले बर्खास्त गरेको छ । अहिराजको ठाउँमा पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले महोत्तरीको पिपरा गाउँपालिका निवासी मिश्रलाई नियुक्तिको सिफारिस गरेको हो । उनी काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री थिए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।