लुम्बिनीमा स्वतन्त्र १ सांसदको पनि केसीलाई समर्थन, ४२ जनाको हस्ताक्षर बुझाइयो

काठमाडौं । मुख्यमन्त्रीको दाबी पेश गर्न दिएको २२ घण्टाको समयभित्रै लुम्बिनी प्रदेशका चार दलीय गठबन्धनले प्रदेश प्रमुखलाई ४२ जनाको हस्ताक्षर बुझाएको छ ।

गठबन्धनलाई १ जना स्वतन्त्र सांसदले समेत समर्थन गरेका छन् । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले बुझाएका हुन् ।

गठबन्धनमा स्वतन्त्र प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी रहेको बुझिएको छ ।

बिहिबार, २८ साउन, २०७८, दिउँसोको ०१:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page