मध्यरातमा खोप बोकेर कार्यकर्ताको घर पुगेका विराटनगरका मेयर स्थानीयद्वारा लखेटिए

मध्यरातमा खोप बोकेर कार्यकर्ताको घर पुगेका विराटनगरका मेयर स्थानीयद्वारा लखेटिए

विराटनगर । मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका छन् ।

विराटनगर ५ मा आफ्ना समर्थक र आसेपासेलाई खोप लगाउँदै गरेको थाहा पाएपछि स्थानीयले मेयर भीम पराजुलीलाई लखेटेका हुन् ।

मेयर पराजुली बुधबार राती करिब ९ बजे खोपसहित विराटनगर ५ निवासी कांग्रेस बुथ समितिका सभापति बिमल राज भण्डारीको घरमा पुगेर खोप लगाउन थालेका थिए । खोपको लागि काङ्ग्रेसको पनि निकट कार्यकर्तालाई मात्र खबर गरिएको थियो ।

गुपचुप रुपमा निकटलाई मात्र खोप दिएको सूचनापछि सो क्षेत्रको ठुलो भिड जम्मा भएको थियो । आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात गरे भने पराजुलीलाई लखेटेका थिए ।

स्थानीयको विरोधपछि मेयर पराजुली दौडदै काङ्रेस नगर उपसभापति प्रविण जोसीको गाडी चढेर भागेको स्थानीयले बताएका छन् । उनीसँग काङ्ग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने पनि थिए । भन्सार एजेन्टसमेत रहेका जोसीको गाडीमा उनी भाग्दा स्थानीयले ढुङ्गा प्रहार गरेका थिए । स्थानीयले विरोध गर्दासम्म करिब १५ देखि २० जनाले खोप लगाईसकेको स्थानीय प्रविण निरौलाले बताए ।

मेयर पराजुलीको उक्त हर्कतपछि हाल भने स्थानीयले विरोध गरिरहेका छन् । स्थानीय काङ्रेस कार्यकर्ता दिपक चापागाईंले मेयरको काम लज्जास्पद रहेको प्रतिक्रिया दिएका छन । सरकारले तोकिएका फ्रन्टलाइनर र ५५ वर्ष भन्दा माथिको उमेर समुहलाई खोप लगाइरहेको छ । खोप केन्द्रमा खोप लगाउन ६ घण्टासम्म लाइन बस्नुपर्ने अवस्था छ ।

मेयर पराजुलीले भने आफु घटनास्थलमा नगएको र कसैलाई खोप नदिएको दाबी गरेका छन । काङ्ग्रेसको चुनाब नजिक आएकोले आफ्नो बद्नाम गर्न गलत प्रचार गरिएको उनको दाबी छ । खोप सबै वडामा गएकोले लुकेर राति लगाउनुपर्ने अवस्था नरहेको भन्दै उनले आफ्नै वडाको पार्टी सदस्यता बिबाद मिलाउने बैठकमा रहेको बेला यस्तो आरोप आएको बताए ।

7 प्रतिक्रियाहरू

रमेश कार्की
श्रावण १७, २०७८

कुरा सही हो भने दोषीलाई कारवाही गर्नु् पर्छ ।

ताजिम अहमद
श्रावण १७, २०७८

यो बिराटनगर को मेयर को हर्कत ले गरदा नेपालि कांग्रेस को पनि बेइज्जत र हानि भइरहेछ हामिले पैला देखि इनको बारेमा सामाजिल संजाल मार्फत् जानकारि गराउदै आएका छौं यो मेयर बैमान र साम्प्रदायिक पनि छ आफनो आसेपासे रदलाल हरु अनि समुदाय बिषेस लाइ मात्रै चोरबाटो बाट लाभ पुरयाउने गरछन।इनलाइ सबक सिखाउन जरुरिछ।

shahab Ahmed " guddu"
श्रावण १८, २०७८

😥😥महानगर बासीले जनतासंघ गरेको बिभेदपूर्ण ब्यवहार काे लागि मेयरकाे सार्वजनिक बहिष्कार गर्दै “” राजिनामा गराउनुपर्ने “” भ्रष्ट ढाेंङ्गी राजिनामा दे” राजिनामा दे 😥

Shahab Ahmed" Guddu"
श्रावण १८, २०७८

😥😥महानगर बासीले जनतासंघ गरेको बिभेदपूर्ण ब्यवहार काे लागि मेयरकाे सार्वजनिक बहिष्कार गर्दै “” राजिनामा गराउनुपर्ने “” भ्रष्ट ढाेंङ्गी राजिनामा दे” राजिनामा दे 😥

Tulsi Dulal
श्रावण १८, २०७८

मेयर भिम पराजुलीको बदनाम गरि सिटिसिनेमा देखि वडा न ५ सम्म बिबादमा ल्याउने कार्य निन्दनिय छ । मेयरले आफु उपस्थित नभएको भन्ने अभिब्यक्ति दिदा दिदै वास्तविकता के हो नबुझि टिप्पणी गर्नु जनता झुक्याउन र आगामी नेपाली काङ्गेसको माहाअधिवेशनकालागि मसला थप्ने कार्य त होईन ॽ राजनिती हो या लाज निती ॽ यस्तो निन्दनिय कार्य हो भने सर्वसाधारणले पत्याउने प्रमाण हुनु पर्यो ।भनेको भरमा कस्ले पत्याउने, जे भने पनि भयो नी, चुनाबी माहोल बनाउने रणनिती ॥

Tulsi Dulal
श्रावण १८, २०७८

आफु उपस्थित नभएको र आफुले अनुमति नदिएको अभिब्यक्ति दिदा दिदै किन बिबादमा पारिदैछ ? आसन्न नेपाली काङग्रेसको निर्वाचनमा दाउ लगाउन बिना प्रमाणका मसलाहरु पत्याउन सकिदैन । सिटी सिनेमा, सिलिणडर, एम्बुलेन्स हुदै वडा न ५ सम्म पुगेछन । यस्तो शर्वसाधारणले नपत्याउने पोष्ट नगर्नु राम्रो । मेरो अनुरोध !

dilshad alam
श्रावण २०, २०७८

sawarth neta ho …

प्रतिक्रिया दिनुहोस्