विराटनगर । मुलुककै जेठो उद्योग संगठनको रुपमा परिचय बनाएको मोरङ व्यापार संघको ६५ औं साधरणसभा साउन १७ गते हुने भएको छ ।
व्यापार संघको कार्यालयमा आज बसेको संघको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वको समिति २०७६ जेठ अन्तिममा चयन भएर असारदेखि कार्यभार सम्हाल्दै आएको छ । संघको बरिष्ठ उपाध्यक्षमा नविन रिजाल रहेका छन् । सोही साधरणसभाबाट नयाँ नेतृत्व पनि चयन हुने अपेक्षा गरिएको छ ।
यसअघि नै कार्यकाल सकिसकेको भएपनि कोरोना महामारीको कारण केही पर सरेको व्यापार संघको भनाइ छ । संघले कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि सरकारले हटाएको कारण आउँदो साउनमै साधरणसभा सक्ने गरी निर्णय गरेको हो । संघको विधान अनुसार नयाँ कार्यसमितिको समयावधि २ वर्षे रहेको छ ।