चिनियाँ राष्ट्रपतिले नेपालका शीर्ष नेतासँग बैठक गर्ने

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्ने भएको छ।

मंगलबार (भोली) हुने अन्तरक्रियामा चिनियाँ राष्ट्रपति सहभागि हुने बताइएको छ । भर्चुअल प्रविधिबाट हुने अन्तरक्रियामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागि हुने प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिए।

अन्तर्क्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायत सहभागि हुँदैछन्।

सिपीसीले आफ्नो स्थापनाको सय वर्ष पुगेको अवसरमा विश्वका राजनीतिक दलसँग अन्तरक्रिया गर्न लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।

–सेतोपाटीबाट साभार

सोमबार, २१ असार, २०७८, दिउँसोको ०१:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर