गरिबी निवारण कोष खारेज

काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए । यसका समूहहरुलाई सहकारीमा रुपान्तरण गर्ने पनि बजेटमा उल्लेख छ ।

 

शनिबार, १५ जेठ, २०७८, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर