यस्तो छ बजेटमा छुटको योजना

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले शनिवार बजेट सार्वजनिक गर्दै कोभिड महामारीले सिथिल भएको अर्थतन्त्रलाई गति दिन राहत कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका छन्।

२० हजार लिटरसम्मको खानेपनीको शुल्क निशुल्क गरेका छन् भने भने साल्ट ट्रेडिङले बिक्री गर्ने सामानमा २० प्रतिशत छुट दिने भएका छन्।
पर्यटन ब्यवसाय, सञ्चारगृह, हेल्थ क्लब, इजाजत र नवीकरण छुट दिइएको छ भने होटलले आइसोलेसन बनाएमा होटललाई पैसा उपलब्ध गराइने। होटललाई उत्पादनमूलक क्षेत्रमा वर्गीकरण गरिएको छ।

खाद्यान्न तरकारी ढुवानीमा २५ प्रतिशत अनुदान दिइने छ भने ब्यवसाय निरन्तरता कोषलाई निरन्तरता दिइएको छ। सरकारी गोदाम र घर भाडामा लिएकालाई दुई महिनाको भाडामा ५० प्रतिशत छुट उपलब्ध हुने । सहुलियत कर्जा ऋणको लागि १३ अर्ब छुट्याइएको छ।

शनिबार, १५ जेठ, २०७८, दिउँसोको ०४:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर