काठमाडौं । सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याएको छ।
अर्थमन्त्री बिष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दै निशुल्क कोभिड खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याएको बताए।
उपचारमा संलग्न कर्मचारीलगायतका लागिहरुलाई प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ। कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्याएको छ।
एक सय बेड भएका अस्पतालमा अनिवार्य रुपमा आफ्नै अक्सिजन प्लान्ट लगाउनु पर्ने छ।
कोभिडको परीक्षण र उपचार निशुल्क गरिने भएको छ।