काठमाडौं । गृहमन्त्रालयले ८ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरेको छ । यस्तै ३ जिल्लामा भने आंशिक निषेधाज्ञा जारी गरेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको गति तिब्र रुपमा बढेपछि ८ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको हो । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत र कैलालीमा निषेधाज्ञा जारी गरिएको हो ।
उपत्यकाका ३ जिल्लामा १६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । सुर्खेत र कैलालीमा आजैदेखि निषेधाज्ञा लागू भएको छ भने कास्कीमा भोलीदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ । यस्तै पर्सामा १६ गतेबाट निषेधाज्ञा लागू गरेको गृहमन्त्रालयले बागलुङ, कालिकोट र बर्दियामा आंशिक क्षेत्र तोकेर निषेधाज्ञा लागू गरेको छ ।