कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत, एमाले सांसदद्वारा फ्लोर क्रस

विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

नेकपा एमालेका चार सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो ।

शुक्रबार मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रस्ताव गर्दा ३९ सदस्यीय प्रदेशसभामा २२ मत पाएका हुन् । बहुमतको लागि २० मत आवश्यक पर्ने थियो ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२ जना सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ बस्दा एमालेका चार सांसदले पक्षमा मत दिएका हुन् ।

प्रदेशसभामा एमालेका सभामुखसहित २० सांसद रहेकोमा १५ जनाले शाहीको विपक्षमा मतदान गरेका छन् ।

शुक्रबार, ०३ बैशाख, २०७८, साँझको ०५:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर