विराटनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको मोरङको रतुवामाइ नगरपालिकामा  नगर कमिटि गठन भएको छ ।

कमिटिको अध्यक्षमा पुष्प कार्की रहनुभएको छ । उपाध्यक्षहरूमा मनोज शर्मा, डेग प्रसाद निरौला, धनमाया कडेरिया र सुर्य लिम्बु रहनुभएको छ । सचिबमा निलम खड्का, सह–सचिबमा टुक बहादुर कार्की, रविन कुमार साह र कोषाध्यक्षमा कालिबहादुर आचार्य रहनुभएको छ । रतुवामाइमा १ सय ११ जना सदस्य समिति रहेको कमिटि गठन भएको नगर इन्चार्ज सुमन कालिकोटेले जानकारी दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सदस्य गोपी आछमी, माओवादी केन्द्रका प्रदेश सदस्य तथा जिल्ला सचिब गणेश उप्रेती शुसिल, प्रदेश सदस्य दिपक भट्टराई, जिल्ला सचिवालय सदस्य प्रकाश पौडेल, जिल्ला समन्वय समितिका मोरङ उपप्रमुख प्रकाश साहलगायतको उपस्थित रहेको थियो ।