रंगेलीदेखि ट्रकसहित तस्करीको चिनी बरामद

विराटनगर । मोरङको रंगेली नगरपालिका – ५ धनापट्टीदेखि सशस्त्र प्रहरीले तस्करीको चिनी र ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) रंगेलीको टोलीले शुक्रबार ठूलो परिमाणमा तस्करीको चिनी सहित ट्रक नियन्त्रणमा लिएको हो ।

बिओपी रंगेलीका सशस्त्र प्रहरी निरीक्षक कमल बहादुर अधिकारीको कमाण्डमा खटिएको टोलीले रंगेलीको धनापट्टी टोलदेखि को १ ख ४४०० नम्बरको मिनी ट्रकमा लोड गरि ल्याएको एक दर्जन बोरा चिनी, ६४ बोरा धान, २÷२ बोरा चामल र गुहँ बिलबिजक नभएको अवैध सामान बरामद गरेको हो ।

तस्करीमा लागेका गिरोहले अवैध रूपमा भारतदेखि तस्करी गरि ल्याएको चिनी र खाद्यबस्तु धनापट्टीमा ल्याएर राखेका थिए । त्यसपछि मोरङको उत्तरी क्षेत्रको राजमार्ग साइटको बजारमा तस्करीको चिनी र खाद्यबस्तु लैजान लागेको अवस्थमा प्रहरीले उक्त सामान नियन्त्रणमा लिएको बुझिएको छ । तस्करीको चिनी बजार पठाउन गिरोहले निक्कै चलाखी गरेको पाइएको छ । ‘ट्रकको माथिबाट धानको भुस राखेका थिए । त्यसको मुनी तस्करीको चिनी र खाद्यबस्तु राखेको भेटियो,’ घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने । सशस्त्र प्रहरीले बरामद गरेको चिनी, खाद्यबस्तु र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको छ । सशस्त्र प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिएपछि चालक फरार भएका छन् । प्रहरीले उनको खोजी कार्य तिव्र बनाएको छ ।
रंगेलीको चोपडा नाकादेखि यसअघि पनि सशस्त्र प्रहरीले एक ट्याक्टर भारततर्फ तस्करी हुन लागेको हरियो मटर बरामद गरेको थियो । प्रहरीले बरामद गरेको मटर चोपडाका व्यापारी राजेश साहको रहेको थियो । साहको सीमा नाकामा काटा रहेको छ ।

रतुवामाइ नगरपालिकाको सिक्टी, धनपालथान गाउँपालिकाको मायागन्ज र खैरवनादेखि पनि अहिले लाखौंको सामान खुल्लेआम तस्करी हुने गरेको छ । यस नाकादेखि खाद्यबस्तु र धान तस्करी गरि ल्याउने गरेको बुझिएको छ । नेपालदेखि सो नाकादेखि चौपाय तस्करी भएर भारततीर जाने गरेको छ । नेपाल भारत सीमा नाका खैरवनामा जयप्रकास साह र शम्भू साहको काटा रहेको छ । उनीहरुकै मिलेमतोमा तस्करी हुने गरेको स्थानियको आरोप छ ।

मोरङको अन्तिम नाका रतुवामाइ नगरपालिको दक्षिणी सीमा क्षेत्र सिक्टीदेखि पनि कपडा, खाद्यबस्तु र चिनी खुल्लेआम तस्करी हुने गरेको छ । आमतोला बजारमा घर भएका क्यारिङ्ग गर्ने व्यापारीको समूहले सिक्टीदेखि राति र विहानीको समयमा भारतदेखि तस्करी गरि खाद्यबस्तु, चिनी र कपडा ल्याउने गरेको स्थानियको भनाई छ । ‘विहान २ देखि ३ बजे र रातीको ११ देखि १२ बजकोे समयमा तस्करीमा लागेका क्यारिङ्ग गर्नेले भरियालाई निश्चित रकम दिए एउटा मोटसाइकल र आटोमा उनीहरूले तस्करीको सामान आमतोला बजारमा भण्डारन गरि राख्दछन्,’ एक जना स्थानियले भने, ‘त्यसपछि दिउँसो बिल बनाएर मोरङको उत्तरी क्षेत्रको सहरमा रहेको व्यापारीको पसलमा पु¥याउने गरेका छन् ।’ मोरङको उत्तरी क्षेत्र उर्लाबार, मधुमल्ला, पथरी देखि झापाका दमकसम्मका होलसेल पसलमा कपडा र खाद्यबस्तु निश्चित रकम लिएर क्यारिङ्ग गर्नेले पु¥याइदिने गरेका छन् । आमतोलामा रमेश गौतमलगायतका समूहले क्यारिङ्ग गर्दछन् ।

 

शुक्रबार, २० चैत, २०७७, रातीको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर