विराटनगर । मोरङको छुटा छुट्टै दुई स्थानदेखि लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले मोरङको उर्लाबारी र मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजारदेखि लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।
मिक्लाजुङ्ग गाउँपालिका ७ स्थित मधुमल्ला बजारमा ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही ठाउँका २२ वर्षिय लक्ष्मण भन्ने करण लिम्बु र २७ वर्षिय सन्चामान सुब्बाको साथदेखि प्रतिबन्धित औषधी बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । सोमबार इलका प्रहरी कार्यालले उर्लाबारी नगरपालिका–४ स्थित आईतबारे बजारदेखि लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित औषध सहित पक्राउ पर्नेमा उर्लाबारी–४ का २७ वर्षिय युबराज कटुवाल, सोही ठाउँका २२ वर्षिय कमल दाहाल र १९ वर्षिय रन्जीत चौधरी रहेका छन् । पक्राउ परेका पाँचै जनालाई इप्रका उर्लाबारीले अनुसन्धान गर्दै आएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।