लोड हुँदैछ...

मेनु

देउवाले रिसाउँदै भन्नुभयो ‘हामी विपक्षी पार्टी’

देउवाले रिसाउँदै भन्नुभयो ‘हामी विपक्षी पार्टी’

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी पार्टी नै भएको बताउनुभएको छ ।

सुनसरीको धरानमा जातीय विभेद विरुद्धमा दलित संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आउनुभएका सभापति देउवालाई विराटनगर विमानस्थलमा कांग्रेस सरकारमा सहभागी हुन्छ कि प्रतिपक्षमै बस्छ भन्ने प्रश्न गर्दा उहाँ आक्रोशित बन्नुभएको थियो । उहाँले कांग्रेस विपक्षी दल हो भन्दै पत्रकारहरुलाई थप प्रश्न नगर्न भन्नुभयएको थियो । उहाँले भन्नुभयो ‘कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी हो लौ जानुस् ।’

सभापति देउवाले कांग्रेसले सरकार विरुद्ध तत्काल अविश्वासको प्रस्ताव पनि अगाडि नबढाउने आशय व्यक्त गर्नुभयो । उहाँले अविश्वासको प्रस्ताव ‘अरुले पनि लैजालान् नि’ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।