विराटनगर । नेपाली कांग्रेसका नेता एंव पुुर्व राष्ट्रसभा सदस्य अशोक कोइरालाको निधन भएको छ । विराटनगर-८ घर भएका ७८ वर्षिया कोइरालाको बिहीबार बिहान १ वजे विराटनगर स्थित न्युुरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
छातीमा भएको निमोनियाका कारण विरामी हुुन भएको कोइराला बुधबार अस्पतालमा भर्ना हुनुभएको थियो । कोइराला राष्ट्रिसभाका उपाध्यक्ष समेत रहनुु भएर काम गर्नुु भएको छ । पिता वोधप्रसाद कोइराला र माता कुुमुुदीनी कोइरालाको कोखवाट वि.स. २००० साल वैसाखमा उहाँको जन्म भएको थियो । कोइराला २०४९ सालमा तत्कालिन विराटनगर नगरपालिकाको मेयर समेत भइसक्नुुु भएको छ । प्रतिवन्धितकालदेखी नेपाली काँग्रेस मोरङको तीनपटक जिल्ला सभापति भएर उहाले काम गरिसक्नुु भएको छ । उहा दुुइपटक राष्ट्रिय सभा सदस्य भइसक्नु भएको थियो ।
असोक कोइराला विपि कोइरालाको सानी आमाको छोरा तथा पुुर्व प्रधानमंत्री स्वर्गिय सुुशिल कोइरालाको भाई हुन् । कोइरालाको श्रीमती र एक छोरा र एक छोरी छन् ।
कोइरालाको पार्थीव सरिरलाई उहाको निवासवाट शवयात्रा सहित आज दिउसो १ वजे नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा राखिने र त्यसपछि स्थानिय सिंगियाघाटको विश्रान्ती घाटमा दाह सस्कार गरिने नेपाली कांग्रेस मोरङका सभापती डिकवहादुुर लिम्वुुले बताउनुभयो । उहालाई श्रद्धान्जली दिन कांग्रेस पार्टी सभापती शेरवहादुुर देउवा, महामन्त्री डा.संशाक कोइरालाल तथा कांग्रेसका शिर्ष नेताहरू विराटनगर आउने कार्यक्रम रहेको सभापती लिम्वुुले जानकारी दिनुभयो ।