विराटनगर । कार्डियोलोजी अध्ययन सकाएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.समिर पौडेलले मुटुसम्बन्धी विरामीको उपचार सेवा विराटनगरस्थित मोरङ सहकारी हस्पिटलमा सुरू गर्ने भएका छन् ।
प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजी डा. पौडेलले मोरङ सहकारी अस्पतालमा विरामीको स्वास्थ्य परीक्षण सेवा गर्ने भएका हुन् ।
वरिष्ठ फिजिसियन डाक्टर रहदा पौडेलले यसअघि पनि मोरङ सहकारी अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्दै आएका थिए । डाक्टर पौडेल कार्डियोलोजी अध्ययन सकाएसँगै सेवाका लागि मोरङ सहकारीमा फर्किएको मोरङ सहकारी अस्पतालका निर्देशक विकास अधिकारीले जानकारी दिए ।
डाक्टर पौडेल यस अगाडी विराटनगरको कोशी अस्पताललमा फिजिसियनको रुपमा र रंगेली अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेर अध्ययनका लागि गएका थिए । अहिले उनी वीर अस्पतालमा कार्यरत छन् । उनले नाम्स अन्तर्गत वीर अस्पताल र गंगालाल अस्पतालबाट कार्डिलोजीमा डीएम सकाएका हुन् ।
मोरङ सहकारीमा वरिष्ठ विशेषज्ञ नाम चलेका चिकित्सकहरूद्धारा स्वास्थ्य उपचार सेवा प्रदान हुँदै आएको छ ।