विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेज र शिक्षादीप कलेजले काठमाडांैमा रहेको ५ तारे होटलसँग सहकार्य गरेर काम गर्ने सम्झौता(एमओयु) गरेका छन् ।
दुई वटै कलेजका होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई काठमाडौंमा रहेका ५ तारे होटलको स्थलगत भ्रमणसँगै कलेजले होटलहरुसँग आगामी दिनमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यासको निम्ति होटल र कलेजबीच सम्झौता गरेको हो ।
हिमालय दर्शन कलेजका विएचएम प्रथम र दोस्रो वर्षका विद्यार्थी र शिक्षादिप कलेजका ११ तथा १२ का विद्यार्थीहरुलाई ५ तारे होटलसँग प्रयोगात्मक अभ्यास गर्नको लागि सहकार्य गरिएको शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानु खड्काले जानकारी दिनुभयो । कलेजले काठमाडौ नक्सालस्थित होटल मेरियट र तिलगङ्गा स्थित पिकअप आनन्द पशुपति होटलसँग इन्टर्नसिप र जब प्लेसमेन्टको लागि सम्झौता गरेको हो ।
कलेजमा होटल मेनेजमेन्ट विषयमा अध्ययनरत विद्यार्थीहरुको लागि ईन्टनसिपसँगै रोजगारको व्यावस्था गर्नेगरी सम्झौता भएको हो । सम्झौतापत्रमा शिक्षादीप कलेजका प्रिन्सिपल खड्का, हिमालय दर्शनका प्रिन्सिपल भरत सापकोटा, कलेज डाईरेक्टर भेषराज पोखरेलसहित मेरियट होटलको तर्फबाट जनरल मेनेजर फेवियन मार्टिनेजले हस्ताक्षर गरेका छन् । राजधानी बाहिरका ब्याचलर कलेजहरूमध्ये मेरियटसँग एमओयु गर्ने पहिलो कलेज हिमालय दर्शन भएको मेरियटका जेनरल म्यानेजर फेवियन मार्टिनजले बताउनुभयो ।
आनन्द पशुपति होटलका डाईरेक्टर विवेक विष्ट र सेल्स कोअडिनेटर मनिसा निरौलासँग हिमालय दर्शन कलेजका प्रिन्सिपल भरत सापकोटा र डाईरेक्टर भेषराज पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । विराटनरको विग होटल, पर्पलहेजसँगै काठमाडौका ५ तारे होटलहरुसँग पनि विद्यार्थीहरुलाई इन्टर्नसिप गराउन पाउँदा ठूलो अवसर मिलेको प्रिन्सिपल सापकोटाको भनाइ छ ।