इन्धन तस्करीमा संलग्न भारतीय पक्राउ

विराटनगर । इन्धन तस्करीमा संलग्न आरोपमा दुई जना भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत अररिया जिल्ला मिरगन्जका २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलम रहेका छन् । शनिबार पेट्रोल लिनका लागि भारत जाने तयारीमा रहेको को १ ख ५९१२ नम्बरको ट्याङ्कर जाँच गर्दा दुई हजार छ सय ६० लिटर डिजल बरामद भएको थियो ।

ट्याङ्करको दुई नम्बर च्याम्बरमा आधा लोड गरिएको अवस्थामा डिजेल भेटिएपछि आयल निगम विराटनगरले प्रहरीलाई खबर गरेको थियो । इन्धन तस्करीको घटना बाहिर आएपछि प्रहरीले पनि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । भारतमा भन्दा नेपालमा डिजल पेट्रोल सस्तो मूल्य पर्ने गरेकाले इन्धन भारत तस्करी हुने गरेको पाइएको छ ।

सोमबार, ०२ चैत, २०७७, दिउँसोको ०४:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर