मिलको फित्तामा पछ्यौरी बेरिएर वृद्धाको मृत्यु

भोजपुर । धान कुट्ने मिलको फित्तामा पछ्यौरा बेरिएर भोजपुरमा एक वृद्धाको ज्यान गएको छ ।

धान कुटाउन मिलमा गएको बेला भोजपुर रामप्रसादराई गाऊपालिका –१ ओख्रे की ७६ वर्षे कुमारी बानियाको सल मिलको फित्तामा बेरिएर मृत्यु भएको हो ।

शनिबार बेलुकी ५ बजेतिर स्थानीय योगेन्द्र राईको मिलमा कुमारी धान कुटाउन जानुभएको थियो । ओढेको पछ्यौरा मिलको फित्तामा बेरिएपछि उहाँको घाँटीमा कसिएको थियो । घटनामा गम्भीर घाइते हुनुभएकी बानियाँको स्थानीय संगिता मेडिकल ओख्रेमा उपचारका क्रममा राति ९ बजे मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ ।

आइतबार, ०१ चैत, २०७७, बिहानको १०:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर