लोड हुँदैछ...

मेनु

कुखुरा पालक किसानद्वारा आन्दोलनको चेतावनी

कुखुरा पालक किसानद्वारा आन्दोलनको चेतावनी

विराटनगर । नेपाल कुखुरा पालक किसान संघले सरकारले दानाको मूल्य वृद्धि तथा चल्ला उत्पादन लागत मूल्य भन्दा ११० प्रीतशत अधिकृत मूल्य वृद्धि गरेको भन्दै फिर्ताको माग गरेको छ ।

संघका अध्यक्ष झनकप्रसाद पौडेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अहिलेकै अवस्था रहि रहने हो भने सम्पूर्ण साना किसानले पेशाबाट हात धुनुपर्ने बाध्यता आइलाग्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

‘हालको अवस्थामा यो व्यवसाय अत्यन्तै संकटको अवस्थामा परेको छ, उत्पादनको लागतको ठूलो हिस्सा ओगटेको दानाको मूल्य बिनाकारण अधिकतम मूल्य वृद्धिका साथै गुणस्तरहित र यसै गरी प्रति चल्ला उत्पादन लागत मूल्य भन्दा ११० प्रतिशत अधिकतम मूल्य वृद्धि तथा गुणस्तरहित चल्ला उत्पादनको कारण किसानहरु मर्कामा परेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यतिमात्र नभई बजारमा उत्पादक र उपभोक्ताको हित विपरित विचौलियाहरुको बिगबिगीको कारण पनि किसानहरुले अपुरणीय घाटा व्यहोर्नु परेको छ र सही अवस्था रहिरहने हो भने सम्पूर्ण साना किसानहरुले यो पेशाबाट हात धुनुपर्ने बाध्यता बनाइएको अवस्थामा सरकार तथा त्यसका सम्बन्धीत सरोकारवाला संस्था मुखदर्शक भएर हेरिरहेको अवस्था छ ।’

अहिलेको अवस्थामा सरकारले उल्टै विदेशी लगानी भित्र्याइ साना किसान उद्यमीहरु मास्ने नीति ल्याएको भन्दै त्यसप्रति भत्र्सना गरेको छ । ‘यो विषम् अवस्थामा उल्टै विदेशी लगानी भित्र्याई साना किसान उद्यमीहरु मास्ने नीति ल्याउँदै गरेको अवस्थामा नेपाल कुखुरा पालक किसान संघ सम्पूर्ण दाना चल्लाहरुको मूल्य वृद्धि एवम् राज्यको वैदेशिक लगानी भित्र्याउने कुनीति प्रति घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘पोल्ट्री क्षेत्रका सरोकारवाला एवम् राज्यका सम्बन्धीत सरोकारवालाले तत्कालै आवश्यक कदम चालेर यसको समाधान गरिएन भने हामी देशभरि छरिएर रहेका लाखौं किसानप्रेमीहरु सडक आन्दोलन गर्न बाध्य हुनेछौं ।’ संघले किसान प्रेमी सबैलाई आ–आफ्नो पायक पर्ने जिल्ला, क्षेत्र, स्थानीय तहमा आन्दोलनको तयारीमा रहन पनि अनुरोध गरेको छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Ajitgaderi
March 14, 2021 12:33 PM

Sahi ho

प्रतिक्रियाहरू बन्द छन्।