लोड हुँदैछ...

मेनु

वैश्य समाजको अध्यक्षमा गुप्ता

वैश्य समाजको अध्यक्षमा गुप्ता

विराटनगर । नेपाल वैश्य समाज विराटनगरको ११ औं साधरणसभाबाट राजेन्द्र प्रसाद गुप्ताको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

विराटनगरस्थित शितल धर्मशालामा सम्पन्न भएको साधरणसभाबाट समाजको उपाध्यक्षमा दिनेश शाह (हलुवाई), अनिल शाह (तेली), गोपाल गुप्ता (कलवार), रामेश्वर शाह (सुडी) र राम नरेश शाह (रौनियार)लाई चयन गरिएको छ ।

समितिको सचिवमा कामेश्वर साह, सहसचिवमा दिनेश राउत, कोषाध्यक्षमा बासुवेद जैसवाल र सहकोषाध्यक्षमा कामेश्वर राह, दिनेश राउत र नरेन्द्र कुमार शाह रहनु भएको छ ।

समाजका सदस्यहरुमा उमेश भगत, नन्दपोपाल शाह, विष्णु रौनियार, किशोर गुप्ता, रवि भुषण शाह, मनोज शाह, प्रो. मंजु शाह, उर्मिला देवी शाह, अमरलता गुप्ता, निर्मलाकुमारी शाह र प्रिशला रौनियार रहेका छन् ।

त्यसैगरी समाजका सल्लाहकारहरुमा समाजसेवी भगवानलाल शाह, मनबोध शाह, पूर्व मेयर प्रल्हाद प्रसाद शाह, पूर्व अध्यक्षद्वय रमेश भगत, रामचन्द्र शाह, ललन शाह, महावीर प्रसाद रौनियार तथा मजोज गुप्ता, रामेश्वर शाह र सिताराम शाह समेत रहनुभएको छ ।

साधरणसभामा वक्ताहरुले वैश्य समुदायको उत्थान र सामाजिक गतिविधिहरुमा संस्थालाई चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।