विराटनगर । लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलको अध्यक्षमा प्रमोद चौधरी चयन हुनुभएको छ । चौधरी सन् २०२१–०२२ का लागि अध्यक्षमा बन्नुभएको हो ।

समितिको प्रथम उपाध्यक्षमा शम्भु साह, दोस्रो उपाध्यक्षमा डा. शुनिल रेग्मी, तेस्रो उपाध्यक्षमा अनिल शर्मा चुनिएको क्लबले जनाएको छ ।

क्लवका निर्देशकहरूमा ज्ञानबहादुर बस्नेत, बृजकुमार दास, डा.राजिव रिजाल, डा.प्रविणकुमार झा, डा.लक्ष्मी चौलागाई र सन्जिव पोख्रेल रहनुभएको छ । क्लबका सचिवमा लायन प्रमाेद कुमार साह, सहसचिवमा लायन श्रृजत दाहाल, काेषाध्यक्षमा लायन तेज नारायण साह, सहकाेषाध्यक्षमा लायन शर्मिला निराैला, एलसिअाईअफ काेर्डिनेटरमा लायन धर्मेन्द्र संग्राेला, मेमरसिप चेयर पर्सनमा लायन देव कृष्णा विश्वास, सर्भिस चियरपर्सनमा लायन अजय कटुवाल तथा क्लब प्रसाषकमा लायन गजेन्द्र यादवलाई चयन गरेकाे छ । नयाँ कार्यसमितिले जुलाई १ देखि पदभार ग्रहण गर्नेछ ।

क्लवका केही महत्त्वपूर्ण पद चाहिँ जुलाइ पहिलाे हप्तामा मनाेनित गर्ने प्रेसिडेन्ट ईलेक्ट लायन प्रमाेद चाैधरीले बताए । क्बलमा स्वास्थ्यकर्मीहरू मात्र आवद्ध छन् । स्वास्थ्यकर्मीहरू आवद्ध भएको उक्त क्बलले सामाजिक र स्वास्थ्य सचेता मुलक कार्यक्रमहरु गर्दै आएको छ । सो क्बलका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह हुन् ।