लोड हुँदैछ...

मेनु

शेयर बजार चार महिनायताकै न्युन विन्दुमा झर्यो

शेयर बजार चार महिनायताकै न्युन विन्दुमा झर्यो

विराटनगर । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै २७०० विन्दुमुनि झरेको छ। अघिल्लो दिनको तुलनामा बजारमा कारोबार रकमसमेत घटेको छ।

यस दिन नेप्से परिसूचक २६।१६ अंक घटेको हो । अघिल्लो दिन १।४६ अंक घटेको थियो । नेप्से परिसूचक २६७४ अंकमा कायम भएको छ ।

यो अंक फागुन १७ यताकै न्यून हो । फागुन १७ गते नेप्से २७७३ अंकमा थियो । आज बजार परिसूचक दिनभरजसो रातो रह्यो । अघिल्ला दिनहरूमा प्रायः एकल अंकमा घटबढ भइरहेको बजारमा मंगलबारको गिरावट दर केही ठूलो हो ।

अघिल्लो कारोबार दिन ४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा मंगलबार ३५३ कम्पनीका एक करोड ४० हजार कित्ता शेयर ७२ हजार ८५४ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ।

यस दिन पनि टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मूल्य बढेका अन्य कम्पनीको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ।

यता, बुंगल हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ। एपोलो हाइड्रोपावरको शेयर मूल्य पनि ११ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ३४ करोड १६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। सोपान फर्मास्युटिकल्सको करिब १९ करोड रुपैयाँ तथा रिलायन्स स्पिनिङ मिल्सको १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये मंगलबार केवल म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी १२ उपसमूह राताम्मे भएका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १।९२ प्रतिशतले घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहमा पनि एक प्रतिशतभन्दा बढी गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।