खोपले काम नगरेपछि कुखुरा मरे

इलाम । पछिल्लो समय कुखुरा मर्न थालेपछि इलामका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् ।

कुखुरामा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ । पोल्ट्री व्यवसायी विनोद पोखरेलका अनुसार एकैपटक दुई दिन २ सय बढि कुखुरा मरेपछि लाखौंको क्षति भएको बताउनुभयो ।

पोल्ट्री व्यवसायी संघका अध्यक्ष दिनेश महतले २५० लोकल र १०० कडकनाथ जातको कुखुरा मरेको जानकारी दिनुभयो । कुखुरा मर्दा ३ लाख ८० हजार रुपैयाँभन्दा बढी क्षति भएको उहाँको भनाइ छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले रानीखेतको कारण कुखुरा मरेको जनाएको छ । किसानले भने रानीखेतको खोप लगाएको कुखुरासमेत मरेको जानकारी दिएका छन् । इलाम नगरपालिका क्षेत्रमा किसानले पालेको कुखुरा मरेपछि फार्म नै रित्तिन थालेको किसानहरुले बताएका छन् ।

कुखुरा मर्न थालेपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नमूना सङ्कलन गरेर विराटनगरको प्रयोगशालाको पठाएको थियो । परीक्षण गर्दा कुखुरामा रानीखेतको भाइरस देखिएको डा.सञ्जय ढुङ्गनाले जानकारी दिनुभयो । उहाँले खोरामा रहेका सबै कुखुरामा खोप नलगाएको वा खोप लगाउँदासम्म तापक्रम मिलाइएन भने त्यसको प्रभावकारिता नहुने बताउनुभयो ।

कुखुरा फार्ममा जथाभावी आवातजावत गर्ने, कुखुराको चल्ला तथा दानाको ओसारपसार गर्दा सुरक्षा सावधानी नअनाउँदा एकैपटक भाइरसको सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान छ ।

शुक्रबार, १४ फागुन, २०७७, बिहानको ११:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर