विराटनगर । विराटनगरस्थित न्युरो हस्पिटलका अध्यक्ष एवम वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्रकुमार बिष्ट कोरोना योद्धा सम्मान पत्र २०२१ ले सम्मानित हुनुभएको छ ।
शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनद्धारा आयोजित एक कार्यक्रमका बिच डा. बिष्टलाई सम्मानित हुनुभएको हो । प्रतिनिधिका पात्रका रुपमा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत सुरेश आचार्यले सो सम्मान ग्रहण गर्नुभएको हो । कोरोना महामारीकाबिच न्युरो अस्पतालले प्रदेश नं. १ मै पहिलोपल्ट निजी क्षेत्रबाट बहु–बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा ल्याई संक्रमितहरुको उपचारमा पुर्याएको योगदान कदर गर्दै उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विराटनगरका विभिन्न सामुदायिक विद्यालयमा आबद्ध गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री समेत वितरण गरेको थियो । सोसाईटी जोन लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनका चेयर पर्शन मोजाहिद ईराकीको नेतृत्वमा क्लबले करिब ४ सय विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई स्कुल ब्याग, पेन्सिल, कटर, ईरेजर र कलम लगायतका आवश्यक शैक्षिक सामाग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक मोहम्मद आरिफ रिजवान खानले जानकारी दिनुभयो ।
क्लबले भने आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्ने जनाएको छ ।