डाक्टरको चुनाबः को बलियो ?

विराटनगर । नेपाल चिकित्सक संघ कोशी विराटनगरको माघ ४ र ५ गते हुने निर्वाचनमा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि चुनावी माहोल तातेको छ । डा.कैलाश श्रेष्ठ र डा.फरवर्ड सिलवालले प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन् ।

डा.सिलवाल संघका वर्तमान अध्यक्ष हुन् भने डा.श्रेष्ठलाई सबैले मान्ने अग्रज चिकित्सकको रूपमा हेरिएको छ । सिलवाल संघमा रहदा एकलौटी चलेको, डाक्टरको हितमा काम नगरेको र पदमा दोहोरिन मात्र चाहेको भन्दै नेतृत्व परिर्वतन गर्नुपर्ने आवाज चिकित्सकहरूले उठाएका छन् । संघमा रहेका अधिकांश पूर्वअध्यक्षहरुले पनि नेतृत्व परिवर्तन गरि नयाँलाई अवसर दिनुपर्ने बताएका छन् ।

चिकित्सकहरुको हकहित र अधिकार स्थापित गरि महत्वपूर्ण भुमिका खेल्ने समूह अगाडि आउनुपर्ने संघका पूर्वअध्यक्ष डा.सिपी उपाध्ययले बताउनुभयो । ‘नेतृत्व परिवर्तन गरि चिकित्सकहरूको हकहितमा लाग्नेहरूलाई प्राथामिकता दिएर भोट दिने तयारी गरेका छौं,’ उहाँले भन्नुभयो, ‘नेतृत्व अनुभवि र परिपक्व हुनुपर्छ, त्यो गुण श्रेष्ठमा छ ।’

संघको नेतृत्वमा रहँदा डा. सिलवालले कोरोना संक्रमणको बेला अग्रपंक्तिमा खटिएका चिकित्सकहरुलाई बेवास्था गरि आफूनिकटलाई गुनासो पनि चिकित्सकले गरेका छन् । संघका पूर्वअध्यक्ष डा.नारयण कुमारले अग्रज र नयाँ आउने चिकित्सकलाई नेतृत्व गर्ने अवसर दिनुपर्ने पक्षमा आफू र धेरै डाक्टरहरु रहेको बताउनुभयो ।

डा.सिलवाल लगातार नेतृत्वमा रहँदा प्रभाबकारी काम नगरेको र नयाँ नेतृत्व आउनुपर्ने पक्षमा धेरै चिकित्सक रहेकोले संघमा डा.श्रेष्ठको टिम बलियो रहेको आंकलन गरिएको छ । उनलाई पूर्वअध्यक्ष र पुराना चिकित्सकदेखि सक्रिय युवा चिकित्सकको साथ रहेकोले उनले निर्वाचन जित्ने आंकलन गरिएको छ ।

संघको नेतृत्वको लागि मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ । डा.श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.सन्जिव ठाकुर, उपाध्यक्षमा डा.बालकृष्ण साह, महासचिबमा डा. रबिनराज सिंह, सहसचिबमा डा.धिरज सिंह, कोषाध्यक्षमा डा.सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा.सरबेसकुमार झा छन् । यस्तै सोही समूहदेखि सदस्यहरुमा डा.रोशन खड्का, डा.पल्बी झा, डा.अविशेष चौधरी, डा.दिपक न्यौपाने, डा.निशा अधिकारी र डा.राजेश्वर यादव छन् ।

सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.नविन कर्ण, महासचिबमा डा.राजेन्द्र चौधरी, उपाध्यक्षमा डा.यज्ञराज खरेल, कोषाध्यक्षमा डा.सिलवन्त सेन श्रीवास्तव, सहसचिबमा डा.सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा.जुबिन सिलवाल उम्मेदवार छन् । सदस्यहरुमा डा.अन्जु देव, डा.अमरकुमार यादव, डा.पार्थ गुरागाईं, डा.अमरेन्द्रकुमार महतो, डा.प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपाल मैदानमा छन् ।

संघको निर्वाचनमा १ हजार २ सय ८१ जना चिकित्सक मतदाता छन् । सुनसरीको धरानबाहेक कोशीका सबै चिकित्सकहरुले मतदानमा सहभागीता जनाउनेछन् । धरानको बीपी प्रतिष्ठानमा भने छुट्टै चिकित्सक संघ रहेको छ ।

बिहिबार, ०१ माघ, २०७७, दिउँसोको ०४:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर