डाक्टरको नेता बन्न २६ जना मैदानमा

विराटनगर । आगामी माघ ४ र ५ गते हुने नेपाल चिकित्सक संघ कोशी विराटनगरको अधिवेशनबाट चयन हुने कार्यसमितिको लागि २६ जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार र मंगलबार भएको मनोनियत दर्तामा १३ पदमा २६ चिकित्सकले उम्मेदवारी दिएका छन् ।

डा.कैलाश श्रेष्ठ र डा.फरवार्ड सिलवालको समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । नयाँ नेतृत्वको लागि श्रेष्ठ र सिलवालको समूहले छुटा–छुट्टै उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत डा. रवि वास्तकोटीले जानकारी दिनुभयो ।

श्रेष्ठको समूहदेखि वरिष्ठ उपाध्यक्षमा डा.सञ्जिव ठाकुर, उपाध्यक्षमा डा.बालकृष्ण साह, महासचिबमा डा. रबिनराज सिंह, सहसचिबमा डा.धिरज सिंह, कोषाध्यक्षमा डा.सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा सरबेसकुमार झाले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै सोही समूहबाट सदस्यहरुमा डा.रोशन खड्का डा.पल्बी झा, डा.रेनु यादव, दिपेन्द्र नौलाखा, राजेश्वर यादव र डा.निशा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.नविन कर्ण, महासचिबमा राजेन्द्र चौधरी, उपाध्यक्षमा डा.यज्ञराज खरेल, कोषाध्यक्षमा डा.सिलवन्तसेन श्रीवास्तव, सहसचिबमा डा.सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा.जुबिन सिलवालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सदस्यहरुमा डा.अन्जु देव, डा.अमरकुमार यादव, डा.पार्थ गुरागाईं, डा.अमरेन्द्रकुमार महतो, डा.प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।

सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्ण र महासचिबमा चौधरीले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् भने अन्य पदमा मंगलबार उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत वास्तकोटीले जानकारी दिनुभयो । निर्वाचित पदाधिकारीहरुको तीन वर्षको कार्यकाल हुनेछ ।

संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिब, सहसचिब, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ६ जना सदस्यहरू गरि १३ जनाको पदाधिकारीहरू हुने विधानमा उल्लेख छ । निर्वाचनमा १ हजार २ सय ८१ जना चिकित्सकले मतदान गर्ने बताइएको छ ।

बुधबार, २९ पुष, २०७७, दिउँसोको १२:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर