विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलाई प्रतिगामी कदम भन्दै विरोधमा रहेको जनता समाजवादी पार्टीले शनिबार विराटनगरमा शक्ति प्रदर्शन गरेको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा आयोजित विरोध प्रदर्शनमा गाउँगाउँबाट हजारौं सहभागी भएका छन् ।
विरोध प्रदर्शनमा सहभागी मध्ये महिलाहरुको संख्या उल्लेख्य रहेको छ । झण्डै ७० प्रतिशत महिला सहभागी रहेको विरोध प्रदर्शन विराटनगरको जनआन्दोलन चोकमा सभामा परिणत भएको छ ।
विरोध प्रदर्शमा वृद्धाहरु लौरो टेकेर सहभागी भएका छन् भने महिलाहरु काखको बच्चा च्यापेरै आन्दोलनमा उपस्थित भएका छन् ।
विराटनगरमा आयोजित विरोध सभालाई जसपा जनपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ ।
फोटो फिचर