नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन

अध्यक्षमा ढकाल निर्बिरोध

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका उद्योगी टिका ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

झापाको विर्तामोडमा सोेमबार भएको तेस्रो साधरणसभाबाट ढकाल निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो । संघको जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल र एसोशिएटतर्फको उपाध्यक्ष विराटनगरका उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनुभएको छ ।

राउत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । संघको केही दिनअगाडि सम्पन्न भएको अधिवेशनले राउत निर्विरोध निर्वाचित हुनुभएको थियो । पौडेल इटहरी उद्योग वाणिज्य संघको अध्यक्ष हुनुहुन्थ्यो । संघको कोषाध्यक्षमा रमेश राठी निर्वाचित हुनुभएको छ ।

यस्तै जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपाल राज कटुवाल, वीरेन्द्रकुमार साह, प्रितम खड्गी निर्विरोध हुनुभएको छ । यस्तै एसोसिएट सदस्यहरुमा सुवास आचार्य र राजन श्रेष्ठ, वस्तुगत सदस्यमा रविनकुमार दाहाल, श्रवण कुमार अग्रवाल निर्विरोध हुनुभएको छ ।

यस अघि ११ पुसमा निर्वाचन हुने मिति तोकिएको थियो । साधारणसभा रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले पुस १० गते निषेधाज्ञायुक्त परमादेश जारी गरेको थियो । १४ पुसमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश खारेज गरेपछि सोमबार साधरणसभा भएको थियो । विर्तामोड उद्योग वाणिज्य संघको अतिथ्यमा उक्त साधरणसभा भएको हो ।

यसअघि अध्यक्षमा विराटनगरका उद्योगी तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

सोमबार, २० पुष, २०७७, साँझको ०७:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर