विराटनगर। प्रहरीले १ लाख ९९ भारू रूपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शुक्रबार विराटनगर महानगरपालिका – १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ परेका हुन् ।
भारतको पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई नेपाल प्रवेश गरेलगतै प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेकाको साथबाट भारतीय रुपैयाँ ५०० को नोट ३ सय ९० वटा र दुई हजारको दुईवटा नोट फेला परेको थियो । नेपाल राष्ट्र बैंकले ५ सय, एक हजार र दुई हजार रूपैयाँको भारु नोट प्रतिबन्ध लगाएको छ ।