लोड हुँदैछ...

मेनु

प्रदूषण फैलाउने मोटरसाईकलमाथि कार्वाही

प्रदूषण फैलाउने मोटरसाईकलमाथि कार्वाही

विराटनगर । जिल्ला ट्राफिक कार्यालय मोरङले ठूलो आवाजसहित सडकमा कुद्ने बुलेट मोटरसाईकललाई नियन्त्रणमा लिई कारबाही गर्न थालेको छ ।

बुलेट मोटरसाईकलका कारण ध्वनी प्रदूषण अत्याधिक बढेको जनगुनासो आउन थालेसँगै ट्राफिक प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गर्न थालेको हो ।

पछिल्लो समय मोरङमा साईलेन्सर परिवर्तन गरेर ठूलो आवाजसहित सडकमा कुद्ने बुलेट मोटरसाईकलहरुको संंख्या बढ्दै गएको छ । यसरी कुद्ने मोटरसाईकलले ध्वनि प्रदूषण गर्नुका साथै मुटुसम्बन्धी दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई समेत समस्या हुन थालको गुनासो आएपछि मोरङ ट्राफिक प्रहरीले कारबाही गर्न थालेको जनाएको छ ।

ट्राफिक प्रहरीले यसरी कुदाईएका मोटरसाईकलहरुलाई नियन्त्रणमा लिई चालकलाई जरिवानासहित कम्पनीकै साइलेन्सर प्रयोग गर्न लगाएर छोड्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक राकेशकुमार पोद्धारले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले त्यस्ता मोटरसाईकल चालकलाई कारवाहीस्वरुप १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

सोमबारदेखि कारबाही सुरु गरेको ट्राफिक प्रहरीले मङ्गलबार बेलुकासम्म २ दर्जन बढी बुलेट मोटरसाईकलहरु नियन्त्रणमा लिई कारबाही गरिसकेको जनाएको छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

R.k yadav
December 2, 2020 12:50 PM

It’s a very good idea…but dont give them excuse…though any phone calls from highly reputed persons…..

प्रतिक्रियाहरू बन्द छन्।