अवैध काठ बरामद

विराटनगर । अवैधरुपमा जङ्गलबाट चिरान काठ चोरी तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले मिक्लाजुङबाट बरामद गरेको छ ।मध्यराति १ बजेको समयमा मिक्लाजुङ्ग १ सुके स्थित छेडी सामुदायिक वनबाट चिरान काठ तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले को १ त ८५५९ नम्बरको ट्रयाक्टर नियन्त्तणमा लिएको हो ।

ट्रयाक्टरमा लोड भएको विभिन्न प्रजातिका चिरान काठसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ १ सुगुरे टोलका ईलाख राई, तगिन राई, दुम्से राई, सबिन राई र बिशाल राई रहेका छन् । उनीहरु मजदुरहरु भएको बताइएको छ ।

मङ्गलबार, १६ मंसिर, २०७७, दिउँसोको १२:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर