कार्तिकको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा रहेर जघन्य अपराधका फरार प्रतिवादी पक्राउ गर्न सफल भएको भन्दै तामाङलाई पुलिस अफ दि मन्थ घोषणा गरिएको छ ।

आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुनेगरि नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी चौकी संक्रान्ति तेह्रथुम दरबन्दी भई इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरमा कार्यरत प्रहरी जवान तामाङलाई सर्बोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरीका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वाेत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राख्ने गरिएको छ ।

बिहिबार, ११ मंसिर, २०७७, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर