विराटनगर । विराटनगरका समाजसेवी एवम् उद्योगी दीनबन्धु गोयलले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका महिलालाई साडी वितरण गर्नुभएको छ ।
समाजसेवी गोयलले छठपूजाका ३ हजार व्रतालु महिलालाई साडी वितरण गर्नुभएको हो ।
गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गोयलबाट प्राप्त साडी आफ्नै हातले ३ हजार महिलालाई वितरण गरेको जानकारी दिनुभयो । अध्यक्ष यादवका अनुसार सोही अवसरमा गाउँपालिकाका १ हजार जनालाई कम्बल पनि वितरण गरिएको छ ।
कम्बल पनि समाजसेवी गोयलकै सौजन्यबाट प्राप्त भएको यादवले बताउनुभयो ।