लोड हुँदैछ...

मेनु

कोशी प्रदेश बजेट : पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड

कोशी प्रदेश बजेट : पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड

विराटनगर । कोशी प्रदेश सरकारले पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जसमध्ये प्रदेश सरकारले पालिका जोड्ने सडकहरु निर्माणको लागि ४ अर्ब रुपैयाँ र जनता आवासलाई ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । प्रदेश सरकारले कानून निर्माण, शान्ति सुरक्षा तथा विपद व्यवस्थापनमा ९४ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।