विराटनगर । मोरङको विराटनगर सिमा एरियामा रहेको भारतीय बजार जोगबनीबाट भन्सार छलेर ल्याएको करिब तीन लाख रुपैया मूल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ ।
विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार अपरान्ह विराटनगर ९ स्थित सडक किनाराबाट १ लाख ४५ हजार ३ सय रुपैयाँ मूल्य बराबरको लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको थियो ।
प्रहरीले मंगलबार राति पनि १ लाख ६७ हजार ३ सय मूल्य बराबरको लत्ताकपडाहरु बरामद गरेको जनाएको छ । विराटनगर १६ दरैया स्थित एक घरमा भन्सार छलेर ल्याएको लत्ताकपडा लुकाईछिपाई राखिएको अवस्थामा बरामद गरेको हो ।
प्रहरीले घरधनि २५ वर्षीय राहुल रायलाई पनि पक्राउ गरेको छ । बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।