नोबेल मेडिकल कलेजमा दुई संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा शुक्रबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो । अस्पतालमा उपचारत सुनसरी धरान ८ की ५९ वर्षे महिला र मोरङ बेलबारी ११ का पुरुषको मृत्यु भएको हो ।

कात्तिक ५ गते अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो । मृतकको फोक्सो र मृगौलाको पुरानो समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै असोज २९ गते अस्पताल भर्ना भएर उपचार गराइरहनुभएकी धरानकी ५९ वर्षे महिलाको पनि शुक्रबार नै मृत्यु भएको छ । मृतक महिलामा मधुमेह र स्वासप्रस्वास सम्वन्धी समस्या थियो ।

शुक्रबार, ०७ कार्तिक, २०७७, बिहानको ११:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर