मैथिली चलचित्रकर्मी संघ गठन

विराटनगर । मैथिली चलचित्रकर्मी संघको अध्यक्षमा सन्तोष सरकार निर्वाचित हुनुभएको छ । विराटनगरमा आइतबार भएको एक भेलाले सरकार सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा बिजय कामत, उपाध्यक्षमा बिरेन्द्र झा, सचिवमा राजेशकुमार भगत, सह–सचिवमा पवन शाह, रमेश ठाकुर र कोषाअध्यक्षमा अशोककुमार मण्डल चुनिएका छन् । समितिको सदस्यहरूमा झुमा सरकार, धिरेन्द्र साह र बिकेशकुमार मण्डल छन् ।

कार्यक्रममा चलचित्रकर्मी संघ प्रदेश नं. १ का अध्यक्ष अरूण प्रधान, चलचित्रकर्मी निर्देशक समाज प्रदेश १ का अध्यक्ष केशव रायमाझीसहितको सहभागिता रहेको थियो ।

आइतबार, ११ असोज, २०७७, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर