लोड हुँदैछ...

मेनु

विराटनगरका मेयर जैन भवनको क्वारेन्टाइनमा

विराटनगरका मेयर जैन भवनको क्वारेन्टाइनमा

विराटनगर । प्रमुख प्रशासकीय अधिकृत र सवारी चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा बस्नुभएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र मेयर पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँ क्वारेन्टाइनमा बस्नुभएको हो ।

जोखिम रहेकोले आइतबारदेखि जैन भवन क्वारेन्टाइनमा बसेको मेयर पराजुलीले जानकारी दिनुभयो । संक्रमितको क्लोज कन्ट्याकमा भएकाले केही दिन सेल्फ क्वारेन्टाइनमा बसेर पीसीआर जाँच गर्ने उहाँको भनाइ छ ।

मेयर पराजुलीसँगै उहाँको सचिवालयका सहयोगीहरु पनि क्वारेन्टीनमा बसेका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यक बाहेकका सेवा ५ दिनका लागि बन्द गरेको छ ।

यसअघि महानगरेको २ नम्बर वडाका वडाध्यक्ष कुमार पोखरेल र ५ नंं. वडाका अध्यक्ष मिनकुमार आचार्यमा कोरोना देखिएको थियो । वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि महानगरका अधिकांश कर्मचारीहरु पनि होम आइसोलेसनमा बसेका छन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Shivram yadav
September 14, 2020 7:34 PM

Its go be in isolation ..but me is also setting at home isolated ..how to do pcr and to whom in .should contact .my contact num is 9804087659

प्रतिक्रियाहरू बन्द छन्।