सिर्जनाद्वारा कोरोना कोषमा ११ लाख प्रदान

विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडले प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोष ११ लाख रुपैयाँ सहयोग गरेको छ।

फाइनान्सका अध्यक्ष सुयस प्याकुरेलले मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीको कार्यालयमा ११ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

फाइनान्सले समाजिक उत्तरदायित्व कोष अन्तर्गत हाल कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ सहयोग रकम जम्मा गरेको अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । सो अवसरमा फाइनान्सका सञ्चालक सुवास आचार्य, डा.प्रमोदकुमार झा, राजीबकुमार मिश्र, बिष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख भवानी शंकर चापागाईँसहितको उपस्थिति थियो ।

फाइनान्सले मोरङ, सुनसरी र सप्तरी तिन जिल्लालाई कार्य क्षेत्र बनाएर वित्तिय कारोबार गदै आएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा हालसम्म ३४ करोड ७८ लाख ७२ हजार २६२ रुपैयाँ जम्मा भएको छ। जसमा २५ करोड ६६ लाख ४२ हजार १७० रुपैया खर्च भएको छ।

अहिले कोषमा ९ करोड १२ लाख ३० हजार ९२ रुपैयाँ बचत रहेको छ ।

सोमबार, २९ भदौ, २०७७, बिहानको ११:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर