विराटनगर । विराटनगरको कोसी कोभिड अस्पतालमा बिहिवार थप एक कोरोना संक्रमीत महिलाको मृत्यु भएको छ ।
श्वाशप्रश्वासको समस्या र शरीरमा अक्सिजनको कमी देखिएकी विराटनगर १९ मिलनचोककी ती महिलालाई बिहीवार नै कोसी अस्पतालको आइसोलेसनबाट कोभिड रेफर गरिएको थियो ।
कोशी कोभिड अस्पतालका प्रमुख डा.दीपक सिग्देलका अनुसार उच्च रक्तचाप र मोटोपनको समस्या भएकी ४४ वर्षीय महिलाको साँझ ७:१० बजे उपचारको क्रममा मृत्यु भएको हो। डा. सिग्देलले महिलामा विगत ५ दिनदेखि ज्वरो रहेको जानकारी दिनुभएको छ ।
उनको शरीरमा अक्सिजनको मात्रा १८ प्रतिशत मात्र थियो । यो निकै कम हो । मृतकमा आज नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै कोशीको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । विराटनगरमा कोरोनाको कारण हालसम्म १६ जनाको मृत्यु भएको छ ।
विराटनगरका सबै वडामा कोरोना देखिँदा १९ नम्बर वडा कोरोनामुक्त थियो । सो वडामा पहिलो संक्रमण देखिएकी महिलाको मृत्यु भएको हो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।