विराटनगर। पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म मृतक ३१७ जनामा कोरोना पुष्टि भएको छ।
अहिलेसम्म ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।

