लोड हुँदैछ...

मेनु

सुनसरीमा २७ जना कोरोना संक्रमित थपिए

सुनसरीमा २७ जना कोरोना संक्रमित थपिए

इटहरी । सुनसरीमा गएको २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा थप २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ७ महिला र २० पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

धरानमा २ महिला र १ पुरुष, इनरुवामा १ महिला र ४ पुरुष, भोक्राहामा १ पुरुष, इटहरीमा ४ महिला र ६ परुष तथा रामधुनीमा ७ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिनुभयो । योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ सय १ पुगेको छ ।

संक्रमितमध्ये ४ सय ४६ जना निको भएका छन् भने ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।